२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आगलागी पीडितलाई प्रभु बैंकको सहयोग

images

  • २०८१ वैशाख २४, सोमबार
  • 1.2K
    SHARES
  • आगलागी पीडितलाई प्रभु बैंकको सहयोग

    बागलुङ : कुश्मा नगरपालिका–३ दुर्लुङ गाउँका आगलागी पीडितलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ। आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्ली भएका पीडितलाई सोमबार प्रभु बैंक बागलुङ शाखाले घरमै पुगेर लत्ता कपडा, भाडाकुँडा र खाद्यान्न र आर्थिक सहयोग गरेको छ।

    आगलागीबाट बिचल्लीमा परेका पूर्ण प्रसाद पौडेलको परिवारलाई नगद २५ हजार रुपैयाँ बराबरको लत्ता कपडा, भाडाकुँडा र खाद्यान्नका साथै बैंकको गण्डकी प्रदेशका कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको नगद ५० हजार रुपैयाँ प्रदेश प्रमुख राजु राना मगरले हस्तान्तरण गर्नु भएको हो।

    बैंकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराएको र भविष्यमा पनि आवश्यक भए थप सहयोग दिने प्रभु बैंकका  प्रदेश प्रमुख राजु राना मगरले जानकारी दिनुभयो। उक्त कार्यक्रममा प्रभु बैंक बागलुङका कलस्टर प्रमुख सामर्थ उप्रतीलगाएतका कर्मचारीहरुको उपस्थिति थियो।

    प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई विश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ