२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटलबीच विशेष छुट सम्झौता

images

  • २०८१ वैशाख २४, सोमबार
  • 791
    SHARES
  • प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटलबीच विशेष छुट सम्झौता

    काठमाडौँ : ललितपुरको महालक्ष्मिस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ। प्रभु बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

    एक समारोहका बीच प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोटले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारले गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस अस्पतालले केही दशकदेखि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।  

    प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई विश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट पनि सम्मानित भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ