२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जेठ १ गतेदेखि लागु हुने गरी घट्यो ब्रोकर कमिसन

images

  • २०८१ वैशाख २४, सोमबार
  • 736
    SHARES
  • जेठ १ गतेदेखि लागु हुने गरी घट्यो ब्रोकर कमिसन

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

    धितोपत्र बोर्डले गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति प्रदान गरेको हो । हाल पाँच स्ल्याबमा गरि कारोबार रकम अनुसार विभिन्न कमिशन दर तय गरिएको छ। 

    लगानीकर्ताले हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क तिर्दै आएका छन्।


    नयाँ व्यवस्था अनुसार अब ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन लाग्नेछ। यस्तै २० लाखदेखि १ करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ