२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एलओडी फेरि बन्यो विश्वकै उत्कृष्ट ५०औं क्लब

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 391
    SHARES
  • एलओडी फेरि बन्यो विश्वकै उत्कृष्ट ५०औं क्लब

    काठमाडौँ : ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ। केही समय अघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको थियो। युकेस्थिडिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२औं स्थानमा परेको थियो।


    म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।

    यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२औं स्थानमा प्रवेश पाएको थियो। यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५०औं स्थानमा पर्न सफल भएको क्लबका अध्यक्ष रूदीप बल्ल श्रेष्ठले जानकारी दिनुभयो।

    उनका अनुसार क्याम्पियनमा ५ सय क्लब सहभागी भएका थिए। केही दिनअघि विश्वका उत्कृष्ट क्लबहरूको श्रेणी स्थान सार्वजनिक गरिएको हो। सय वटा उत्कृष्ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठको भनाइ छ।

    एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ। काठमाडौं आउनेले एलओडी क्लब खोजी गर्नेको पनि संख्या बढिरहेको उनले बताउनुभयो। सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएको छ। ठमेलका व्यवसायी पनि उत्साहित छन् । एलओडी क्लब आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ