काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा बढेको देखिन्छ। कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १९.०९ प्रतिशतले बढेर ३४ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २८ करोड ५७ लाख रहेको थियो।
गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ रहेको खुद आम्दानी यस चालु आर्थिक वर्षको सोहि अवधिमा ३.४२ प्रतिशतले बढेर २ अर्ब ७३ करोड रुपैयाँ पुगको छ। साथै, गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ८.८१ प्रतिशतले बढेर २ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ६६ करोड ४६ लाख रुपैयाँ तथा शेयर प्रिमियममा १ अर्ब ७५ करोड र महाविपत्ति कोषमा १५ करोड ४६ लाख रुपैयाँ संचिती गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३.८३ रुपैयाँले घटेर ९.७८ रुपैयाँमा झरेको छ भने मूल्य आम्दानी अनुपात ४४.४४ गुणा तथा प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ।



