२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 591
    SHARES
  • एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

    काठमाडौँ : ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकद्वारा राष्टिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ।

    बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको हो।

    वैशाख २४ गते सोमबार ललितपुरको होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको टोलीलाई सम्मान गरेको छ।

    बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो।

    उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ।

    साथै,पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै वाफ च्याम्पियनसिपको फाइनल सम्म पुगेर उपविजेता बन्न सफल भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ