२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सामान्य अङ्कले बढ्यो नेप्से, २ अर्ब १४ करोडको कारोबार?

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 931
    SHARES
  • सामान्य अङ्कले बढ्यो नेप्से, २ अर्ब १४ करोडको कारोबार?

    पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो।

    काठमाडौँ :काठमाडौँ : साताको  तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।


    अघिल्लो कारोबार दिन १५.६२ अंकले घटेको नेप्से परिसूचक आज भने २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेर बन्द भएको हो। त्यसैगरी, आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ।आज ३ सय १४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
     
     
    आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ। आज ८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ सेयर कारोबार भएको छ।

    आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन्। समता घरेलु लघुवित्तका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन्।

    आज सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल तराईका लगानीकर्ता रहेका छन्। आज बोटलर्स नेपालका लगानीकर्ताले ६.२३ प्रतिशतका दरले गुमाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ