काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९।८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर घोषणा गरेको थियो। तेस्तै कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँ बराबरको नगद लाभांश पनि कम्पनीले घोषणा गरेको थियो।
कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थका लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने आजसम्म कायम सेयरधनीहरुमात्रै यस कम्पनीले घोषणा गरेको लाभांश र सभामा भाग लिन पाउनेछन्।
कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेबाट साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।साधारणसभाबाट बोनस सेयर पारित भए पछ्यात् कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख कायम पुग्नेछ।
यस्तै,नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजीका लागि नपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभामा बोनस र हकप्रद सेयर निष्कासनपश्चात अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने अर्को विशेष प्रस्ताव रहेको छ।साथै,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्ने तय भएको छ।
अरु, आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गर्नेछ। कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/८० को वित्तीय विवरणहरुसहितको एकीकृत वित्तिय विवरण छलफल गरी सभाले अनुमोदन गर्ने तय भएको छ।
साथै, सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ जना सञ्चालकको निर्वाचन हुने तय भएको छ।



