२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ७.९९% को गिरावट, अन्य सूचक कस्तो ?

images

  • २०८१ वैशाख २६, बुधबार
  • 791
    SHARES
  • हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ७.९९% को गिरावट, अन्य सूचक कस्तो ?

    काठमाडौँ : हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    सार्वजनिक विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ७.९९ प्रतिशतले घटेर ४३ करोड ५४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४७ करोड ३२ लाख रहेको थियो।

    यस्तै, गत आर्थिक वर्षको सोहि अवधिमा ११ अर्ब ३५ करोड रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ८.६२ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड रुपैयाँ पुगको छ। गत आर्थिक वर्षको सोहि अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ८.४१ प्रतिशतले बढेर १२ अर्ब २ करोड रुपैयाँ पुगको छ।

    यस गरी,गत आर्थिक वर्षको सोहि अवधिमा २६ करोड २६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो भने यस चालु आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ८२ लाख रुपैयाँ खर्चिएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो भने यस चालु आर्थिक वर्षको सोहि अवधिमा ९९ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ।

    यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५२ अर्ब १२ करोड रुपैयाँ रहेको जीवन बीमाकोषमा यस चालु आर्थिक वर्षको सोहि चैत्र मसान्तसम्ममा १८.५७ प्रतिशतले बढेर ६१ अर्ब ८० करोड रुपैयाँ पुगको छ।

    समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ रहेको छ तथा प्रति शेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ