काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। सन नेपालले घोषणा गरेको २३.८ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो।
समायोजित मूल्य अनुसार अब बिहीबार कम्पनीको कारोबार ४७०.९२ रुपैयाँमा खुल्नेछ। कम्पनीको अन्तिम कारोबार ५८३ रुपैयाँमा भएको थियो। इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २३.८ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुकक्लोज मिति तय गरेको छ। तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन्।



