२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल डेरी उद्योगले सुरु गर्‍यो महीको व्यावसायिक उत्पादन

images

  • २०८१ वैशाख २८, शुक्रबार
  • 491
    SHARES
  • ग्लोबल डेरी उद्योगले सुरु गर्‍यो महीको व्यावसायिक उत्पादन

    काठमाडौँ : कपिलवस्तुको ग्लोबल डेरीले मोहीको ब्रान्डिङ सुरु भएको छ। कपिलवस्तुमा बुद्धभूमि नाम दिएर मोहीको व्यावसायिक उत्पादन सुरु गरेको हो।


    नेपाल डेरी एसोसिएसन लुम्बिनीका अध्यक्ष तथा ग्लोबल डेरी उद्योगका सञ्चालक थानेश्वर न्यौपानेले वैशाख १ गतेदेखि मोहीको व्यावसायिक उत्पादन सुरु गरेको बताउनु भयो।


    उनले भने, ‘अहिले हामीले दैनिक ८ सयदेखि १ हजार लिटर मोही उत्पादन गरेर विक्री गरिरहेका छौँ। विक्री सुरु गरेको १ महिना हुँदा राम्रो प्रतिक्रिया पाएका छौँ। नेपालमै पहिलो पटक लेभलिङ र बोतलिङ गरी मोहीको व्यावसायिक उत्पादन सुरु भएको हो। बुद्धभूमि ब्रान्ड बनाएर प्रतिलिटर ४० रुपैयाँमा पसल-पसलमा विक्री गरिरहेका छौँ। 

    पसलेले ग्राहकलाई ५० रुपैयाँमा १ लिटर मोही विक्री गरिरहेको छ। बोतलिङ गरेको ७ दिनसम्म मोही प्रयोग गर्न सकिने छ। हामीले ५ दिन भित्र नै प्रयोग गरिसक्न वा विक्री गरिसक्न पसललाई भनेका छौँ। हाल उत्पादनको चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका मोही विक्री भइरहेको छ । कोक, फेन्टा र स्पाइट लगातका पेय पदार्थको विकल्पमा प्रयोग गर्न सकिने छ।’


    अहिले बजारमा ६० देखि ८० रुपैयाँमा मोही विक्री भइरहेको छ। तर, बुद्धभूमि उत्पादन गरेको मोही सिधै पसलमा लाने भएकाले डिलर लगायतको शुल्क नभएकोले प्रतिलिटर ५० रुपैयाँमा विक्री गर्न सकिएको न्यौपानेले बताउनु भयो।

    नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालले पेय पदार्थको रूपमा मोही प्रयोग गर्दा स्वदेशी बस्तुको उपभोग वृद्धि हुने र स्वास्थ्यलाई पनि राम्रो गर्ने बताउनु भयो।

    उनले भने, ‘हामीले मोही प्रयोग प्रोत्साहनको लागि अभियान नै चलाइरहेका छौँ । विभिन्न बिहे र विभिन्न पार्टीहरूमा अन्य पेय पदार्थको सटट मोही प्रयोग गरौँ भनिरहेका छौँ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ