२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन रिइन्स्योरेन्सको नाफा १०० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

images

  • २०८१ वैशाख ३०, आइतबार
  • 1.0K
    SHARES
  • हिमालयन रिइन्स्योरेन्सको नाफा १०० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा १०० प्रतिशत भन्दा धेरैले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ९३ करोड ११ लाख खुद नाफा कमाएको थियो।


    अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ४३ लाख थियो। कम्पनीको खुद नाफा १००.५४ प्रतिशतले बढेको हो। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ४१ पैसा, प्रति शेयर नेटवर्थ १४९.९७ रुपैयाँ, र पीई रेसियो ४९.१५ गुणा रहेको छ।

    यस अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड पुगेको छ भने कम्पनीको कुल आम्दानी पनि ९०.५८ प्रतिशतले बढेर ४ अर्ब २७ करोड पुगेको छ। १० अर्ब चुक्ता पुंजी रहेको कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ। त्यस्तै रिटेन रिजर्भमा ७७ करोड ५० लाख रहेको छ भने स्पेसल रिजर्भमा ९२ करोड ११ लाख रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ