२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत, सबैभन्दा बढी पहाडमा

images

  • २०८१ वैशाख ३१, सोमबार
  • 311
    SHARES
  • काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत, सबैभन्दा बढी पहाडमा

    काठमाडौँ  : चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा महँगी ४.६१ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो।

    राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ।

    चैत महिनामा काठमाडौँ उपत्यकाको महँगी ४.०६ प्रतिशत छ । यस्तै, तराईको महँगी ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको महँगी ४.३२ प्रतिशत रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ