काठमाडौँ : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६४ करोड ४६ लाख २१ हजार रुपैयाँ रहेको खुद नाफा आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ५५ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड १३ लाख ६० हजार रुपैयाँ पुगको छ।
यसै गरी, सबैभन्दा धेरै नाफा आर्जन गर्नमा नेपाल इन्स्योरेन्स रहेको छ। यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले धरै हो। साथै, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १६२ प्रतिशतले बढेर ६० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
यस्तै, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९ प्रतिशतले बढेर ५९ करोड ७१ लाख रुपैयाँ पुगेको छ। साथै, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१ प्रतिशतले बढेर ४६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
यसैगरी, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ५५ प्रतिशतले बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ। साथै,गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ओरिएण्टल इन्स्योरेन्सको नाफा १७ प्रतिशतले बढेर ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ।
यता, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढेर ३९ करोड १४ लाख रुपैयाँ पुगेको छ। साथै, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशतले बढेर ३९ करोड २ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४६ प्रतिशतले बढेर २७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। साथै, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सानिमा जिआइसी इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढेर २० करोड ९ लाख रुपैयाँ पुगेको छ।
यता, गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ घाटा रहेको नेशनल इन्स्योरेन्सले यस चालु आर्थिक वर्षको सोहि अवधिमा १४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।साथै, गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनएलजी इन्स्योरेन्सको नाफा ३ प्रतिशतले बढेर १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ निर्जीवन बीमा कम्पनीको नाफा भने घटेको छ जसमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्स रहेका छन्। गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीको नाफामा २४ प्रतिशत तथा नेको इन्स्योरेन्समा १.६९ प्रतिशतले गिरावट आएको छ।
यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ तथा नेको इन्स्योरेन्सले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस हुनेमा राष्ट्रिय बीमा कम्पनीको रहेको छ जसको १९३.६५ रुपैयाँ छ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ४९.८२ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३७.९३ रुपैयाँ, हिमालयन एभरेष्टको ३२.३५ रुपैयाँ र सिद्धार्थ प्रिमियरको २८.३७ रुपैयाँ, नेको इन्स्योरेन्सको २५.०१ रुपैयाँ, हिमालयन एरभेष्टको ३२.35 रुपैयाँ, सिद्धार्थ प्रिमियरको २८.३७ रुपैयाँ, आइजीआई प्रुडेन्सियलको २०.५८ रुपैयाँ, युनाइटेड अजोडको १५.२० रुपैयाँ, शिखरको १९.६० रुपैयाँ, सानिमा जिआइसीको १३.४० रुपैयाँ, सगरमाथा लुम्बिनीले २४.१७ रुपैयाँ र एनएलजीले १२.४९ रुपैयाँ रहेको छ।



