काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा बढेको देखिन्छ। कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ८७.३५ प्रतिशतले बढेर २८ करोड १३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १५ करोड १ लाख रहेको थियो।
गत आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ३.४२ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १३ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
साथै, गत आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब १ करोड रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन यस चालु आर्थिक वर्षको सोहि अवधिमा ५.६१ प्रतिशतले बढेर ४ अर्ब २४ करोड रुपैयाँ पुगको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ६३ करोड १७ लाख रुपैयाँ तथा शेयर प्रिमियममा १ अर्ब ५५ करोड र महाविपत्ति कोषमा १६ करोड ५३ लाख रुपैयाँ संचिती गरेको छ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २५ करोड २६ लाख रुपैयाँ तथा अभिकर्ता कमिशन मार्फत ४३ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ तथा प्रति शेयर नेटवर्थ १७५.७२ रुपैयाँ रहेको छ।



