२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अपि पावरको नाफामा २६६ प्रतिशतको बृद्धि, बिद्युत बिक्रि आम्दानी ९५ करोड

images

  • २०८१ वैशाख ३१, सोमबार
  • 601
    SHARES
  • अपि पावरको नाफामा २६६ प्रतिशतको बृद्धि, बिद्युत बिक्रि आम्दानी ९५ करोड

    काठमाडौँ : अपि पावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ।

    यस अवधिमा कम्पनीले १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६६.३८ प्रतिशतले बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने १५७.६० प्रतिशतले बढेर ९५ करोड ५१ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। जुन गत आर्थिक बर्षको यसै अवधिमा ३६ करोड ९५ लाख रुपैयाँमा सिमित थियो। बिद्युत बिक्रि आम्दानीमा आएको बृद्धिसंगै कम्पनीको खुद मुनाफा बढेको हो।

    ५ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर ४ रुपैयाँ २५ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.२० रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ