काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स २४.३९ अंक तथा फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ।
आज १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ। आज १४८ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
हिजो ३ अर्ब १५ करोडको शेयर कारोबार भएको बजारमा आज ३२० कम्पनीको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर कारोबार भएको छ।
यस्तै, आज ५ कम्पनीको मूल्य सर्किट लेभलमा कारोबार भएको छ जसमा नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास रहेका छन् भने सिवाईसि लघुवित्तको सर्वाधिक ५.६५ प्रतिशत घटेको छ।
यस गरि,आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा ३० करोड ८० लाख रुपैयाँ तथा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।