२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदीको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ जेठ ३, बिहीबार
  • 786
    SHARES
  • सुनचाँदीको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं : साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाला सुन १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हाल सम्म कै उच्च बिन्दु हो।

    हिजो बुधबार प्रतितोला १ लाख ३७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ। त्यस्तै,आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै, चाँदीको मूल्य ६० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो चाँदीको मूल्य हालसम्मकै उच्च हो। 


    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ४ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ४७.५ रुपैयाँ तोकेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ