काठमाडौँ : नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा थप २ वर्षका लागि ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन्।
कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो। ढुङ्गाना यस अघि २०७९ असार १७ गते बैंकको सिइओमा नियुक्त भएका थिए। उनको दुई वर्षे कार्यकाल सकिन लागेसँगै २०८१ असार १७ गतेदेखि लागू हुनेगरी थप दुई वर्षका लागि ढुङ्गानालाई सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ।



