काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ८.३९ अंक तथा फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत बिहीबार रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा आज ३२३ कम्पनीको ७४ हजार ९ सय ९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर कारोबार भएको छ।
आज सबै क्षेत्रका सूचकहरु बढेका छन्। बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ भने जीवन र निर्जीवन बीमा सबैभन्दा धेरै बढेको छ।आज २०३ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ तथा बाँकी ४ कम्पनीको मूल्य स्थिर रहेको
आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा १४ करोड ८० लाख, फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढी तथा हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोडको शेयर कारोबार भएको छ।
यस्तै, आज ४ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ जसमा आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त रहेको छ भने माण्डु हाइड्रोपावरको शेयर ९.९९ प्रतिशतले घटेको छ।



