काठमाडौँ : कामना सेवा विकास बैंक र एफ वान सफ्ट इन्टरनेशनल प्राइभेटले बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिष्टार गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० को टप–अप जित्न सक्नुहुनेछ। यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुनेछ।
त्यसै गरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत earbuds जित्न सक्नुहुनेछ । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ।
यसै गरी, कारोवार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नुहुनेछ। यो योजना जेठ मसान्त–भर लागु हुनेछ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।



