२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

images

  • २०८१ जेठ ८, मंगलबार
  • 551
    SHARES
  • सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौँ : सानिमा रिलायन्स लाइफद्वारा मधेश प्रदेशका कर्मचारीहरूलाई बर्दिबासमा शनिबार कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादनक्षमताअभिवृद्धि हुनगई ग्राहक सेवा सुदृडिकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताउनुभयो। वर्तमान सन्दर्भमा कम्पनीहरूको सञ्चालन जोखिम बढ्दै गएको भन्दै पान्डेले यस्तो कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताउनु भयो। साथै यस किसिमको कार्यक्रम देशै भर गरिने योजना रहेको समेत उहाँले बताउनुभयो।

    कार्यक्रममा अन्डरराइटिङ, ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा, दाबी लगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञान बहादुर रायमाझीले तालिम प्रदान गर्नुभयो भने चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नयाँ व्यवसाय बिस्तारमा जोड दिनुपर्ने कुरा बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ