२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंक र एफवानसफ्टबीच समझदारी

images

  • २०८१ जेठ ८, मंगलबार
  • 421
    SHARES
  • कामना सेवा विकास बैंक र एफवानसफ्टबीच समझदारी

    काठमाडौँ : कामना सेवा विकास बैंक र एफवानसफ्टबीच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा दर्ता गरी कुनै पनि रकमको टप-अप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकहरूले ५० रुपैयाँको टप-अप जित्न सक्नेछन्। यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ।

    त्यसैगरी, ग्राहकहरूले न्यूनतम १०० रुपैयाँ को टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्रमार्फत् एयरबड्स जित्न सक्नेछन्। यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ।

    यसैगरी, कारोबार गर्ने ग्राहकहरूमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन्। यो योजना जेठ मसान्त-भर लागू हुनेछ। हाल बैंकले देशभर १ सय ३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथमार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ