२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मकवानपुरमा १० महिनामा ३७४ साना उद्योग बन्द

images

  • २०८१ जेठ ११, शुक्रबार
  • 381
    SHARES
  • मकवानपुरमा १० महिनामा ३७४ साना उद्योग बन्द

    काठमाडौँ : आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा ३ सय ७४ वटा साना उद्याेग बन्द भएका छन् । 

    घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यस अवधिमा उद्योगतर्फ १ सय ६७ र वाणिज्यतर्फका २ सय सात उद्योगको लगत कट्टा भएको छ। अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।

    बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताउनुभयो। 

    घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ २ सय १४ गरी ६ सय १४ नयाँ उद्योग दर्ता भएको छन्। आव २०७९/८९ मा उद्योगतर्फ ५ सय ७९ र वाणिज्यतर्फ ४ सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए।

    चालु आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी,९ सय ३४ वटा नवीकरण, ४ सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, १ सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

    उक्त अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, सात सय ७७ वटाको पूँजी वृद्धि, १ हजार १ सय १४ उद्योगको नवीकरण, २ सय सातवटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले भन्नुभयो। नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु २ करोड ६३ लाख २२ हजार ३ सय ५२ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ