काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै १ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज १ लाख ३६ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। हिजो बिहीबार छापावाला सुन तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, हिजो बिहीबार तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ३६ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बिहीबार तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ८ सय ५५ रुपैयाँ निर्धारण भएको छ।



