२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइएमई लाइफको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ जेठ १३, आइतबार
  • 1.0K
    SHARES
  • आइएमई लाइफको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि जेठ १४ गते बुक क्लोज गर्नेछ। यसको आधारमा आज जेठ १३ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश पारित गर्नेछ।

    कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ। उक्त सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सभा विहान ११ बजेबाट शुरु गर्ने कम्पनीले जनाएको छ। कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो।

    सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट एक जना संचालक नियुक्त गर्ने एजेण्डा रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ