२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कैलालीमा १० महिनामा ६ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

images

  • २०८१ जेठ १६, बुधबार
  • 586
    SHARES
  • कैलालीमा १० महिनामा ६ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

    कैलाली : कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा ६ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन्। १ सय ३० उत्पादनमूलक, २ सय ९६ कृषि र २ सय ३५ सेवामूलक गरी ६  सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताउनुभयो।

    पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ। महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै गएको कार्यालयले जनाएको छ  

    कैलालीमा हालसम्म १५ हजार चार सय ९६ उद्योग दर्ता भएका छन्। कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा उत्पादनमूलक ३ हजार २ सय १५, कृषिमूलक ६ हजार ५ सय १७,  निर्माणका २, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक ५ हजार ६ सय ८५ उद्योग दर्ता भएका छन् । दर्ता उद्योगमध्ये १ सय ३७ उद्योगको दर्ता खारेज भएको जनाइएको छ।

    घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योग सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्। कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका ती उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत जोशीको भनाइ छ। 

    साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार ४ सय ९६ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ। यसैगरी चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यालयले रु १ करोड ४४ लाख ९७ हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो। 

    गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो। वाणिज्य तथा आपूर्ति कार्यालयले ३ हजार ६ सय ७६ व्यावसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरेका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा राजस्व सङ्कलनमा वृद्धि भएको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ