२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुरीले पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्व

images

  • २०८१ जेठ १८, शुक्रबार
  • 426
    SHARES
  • हुरीले पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्व

    तनहुँ : हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ। बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन्। 
     
    हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ। पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो।  व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ पोखरीभञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उहाँले बताउनुभयो।  

    यसैगरी, व्यास–११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ। “हुरीबतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्व भएको छ। राति १० बजेसम्म आठ–दश जनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन”, उहाँले भन्नुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ