२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ जेठ १८, शुक्रबार
  • 531
    SHARES
  • सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं : साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाला सुन १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हाल सम्म कै उच्च बिन्दु हो।

    हिजो बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ। त्यस्तै,आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहीबार चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ