२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

images

  • २०८१ जेठ १९, शनिबार
  • 361
    SHARES
  • पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

    काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।

    निगमद्वारा जारी प्रेस विज्ञप्तिमा राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १ सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु १ सय ५३ रहेको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १ सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु १ सय ५२ रहेको छ।

    त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १  सय ६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ५० रुपैयाँ ५० पैसा पर्नेछ। निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ।

    oil.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ