२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल लाइफले घोषणा गर्यो बम्पर लाभांश

images

  • २०८१ जेठ २०, आइतबार
  • 531
    SHARES
  • नेपाल लाइफले घोषणा गर्यो बम्पर लाभांश

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ अर्ब ७२ करोड बराबरको लाभांश वितरण गर्न लागेको हो।


    इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५५ अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांशमा कर प्रयोजनका लागि १.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

     
    प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन्। कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ