२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

images

  • २०८१ जेठ २१, सोमबार
  • 406
    SHARES
  • लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

    काठमाडौँ : लक्ष्मी सन्राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।

    नेपालगन्ज उप–महानगरपालिकामा नजिकै रहेका २ शाखाहरू मध्ये वडा नं. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उप–महानगरपालिकाको वडा नं. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ।


    स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझसहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।

    साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थ नगर नगरपालिकाको वडा नं. ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा नं. ७, नारायणस्थान (साविक सन्राइज बैंकको शाखा रहेको स्थान भन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ।

    हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१८ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ