२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

images

  • २०८१ जेठ २१, सोमबार
  • 1.2K
    SHARES
  • नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

    काठमाडौँ : भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति आजबाट नेपाल क्लियरिङ हाउसमा सरेको हो। गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौतापछि दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारण सभा मार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिइ नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति मागेका थिए।

    बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि सञ्चालनमा थिए। नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको थियो। त्यस्तै एनसिएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको थियो।

    प्राप्ति प्रक्रिया सकिएसँगै दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरिएको छ। विसं २०६५ पुसमा स्थापना भएको एनसिएचएलले एनसिएचएल–इसीसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्युआरजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ।

    हाल एनसिएचएलले एनपिएसअन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ। ५३ भन्दाबढी बैंक वित्तीय संस्था र एक सयभन्दा बढी अन्य संस्था/निकायले एनसिएचएलको प्रणाली प्रयोग गर्दै आएका थिए।

    त्यसैगरी विसं २०६९ फागुनमा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रिकृतरुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने काम गर्दै आएको थियो। नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाको १ हजार ६ सयभन्दा धेरै एटिएम, ९ हजारभन्दा बढी पिओएसमार्फत सेवा र इकमर्स कारोबारको सेवा उपलब्ध गराउँदै आएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ