२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’

images

  • २०८१ जेठ २१, सोमबार
  • 366
    SHARES
  • ‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’

    काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरक्षा अवस्था हेरर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्ने बताउनुभएको छ।

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको ‘लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा’ सम्बन्धी अन्तरक्रियामा उहाँले ठमेल र दरबारमार्गको सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने बताउनुभएको हो। 

    “नयाँबसपार्क देशभरका यात्रु आवतजावत गर्ने थलो हो, यहाँको शान्ति सुरक्षालाई काठमाडौँ प्रहरीले पहिलो प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइ लागू गरेको छ”, उहाँले भन्नुभयो। 

    प्रमुख रजौरेले सानै उमेरदेखि आफ्ना बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीले दुःख गरेर कमाएको पैसाप्रति गिद्धे नजर लगाउने प्रहरीलाई कारबाही गर्ने स्पष्ट पार्नुभयो। समुदायको साथविना प्रहरीले काम गर्न नसक्ने उहाँको भनाइ थियो।

    काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सबै व्यक्ति इमान्दार भएर अगाडि बढे नयाँबसपार्क क्षेत्रभित्र देखिएको समस्या समाधान हुने बताउनुभयो। जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्कीले लागुऔषध नियन्त्रणका लागि परिवारबाटै अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । मित्रनगर विकास तथा टोल सुधार समितिकी अध्यक्ष गङ्गा पन्तले सबैको हातेमालोबाट मात्र नयाँ बसपार्क क्षेत्रको समस्या समाधान हुने भएकाले एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो।

    प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुद बनाउँदै यहाँभित्रका विकृति विसङ्गतिको अन्त्यका लागि प्रहरीलाई स्थानीयवासीले साथ  दिन आग्रह गर्नुभयो। अन्तक्र्रियामा विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी तथा विद्यालयका विद्यार्थीले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ