२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच विशेष छुट सम्झौता

images

  • २०८१ जेठ २४, बिहीबार
  • 536
    SHARES
  • अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    काठमाडौँ : पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंकबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।


    उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १) प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्।


    अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

    साथै, लण्डन स्थित दि–फाईनान्सियल टाईम्सले बैँक अफदि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ