काठमाडौं : साताको पाँचौंदिन आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाला सुन १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हाल सम्म कै उच्च बिन्दु हो।
हिजो बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार प्रतितोला १ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बुधबार चाँदीको मूल्य १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २३ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ८६ रुपैयाँ तोकेको छ।



