२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदीको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ जेठ २५, शुक्रबार
  • 461
    SHARES
  • सुनचाँदीको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं : साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५  हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हाल सम्म कै उच्च बिन्दु हो।

    हिजो बिहिबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेको छ। त्यस्तै,आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहिबार प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहिबार चाँदीको मूल्य १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३ सय ८५.९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१.५१ पैसामा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ