चितवन : जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ। यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार २ सय २१ जनाले खोप लगाएका हुन्।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार ७ सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार २ सय ९४ मध्ये १६ हजार २ सय ९८, कालिका नगरपालिकाका २ हजार ३ सय १३ मध्ये २ हजार २ सय १३, खैरहनी नगरपालिकाका ३ हजार २ सय ५१ मध्ये १ हजार ९ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।
यसैगरी माडी नगरपालिकाका २ हजार १ सय २९ मध्ये १ हजार ६ सय ५२, रत्ननगर नगरपालिकाका ४ हजार ३ सय ६९ मध्ये ४ हजार १ सय तीन, राप्ती नगरपालिकाका ३ हजार ८ सय ५३ मध्ये ३ हजार ९६ र इच्छाकामना गाउँपालिकाका १ हजार ४ सय ७४ मध्ये ९ सय ४६ जना बालबालिकालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो।
खोपअभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो। विसं २०७३ वैशाखदेखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो।



