काठमाडौँ : आज मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से ३३.१५ अंक बढेर २११५.२४ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.१८ अंक,फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।
यस्तै, आज १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत, वित्त, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ तथा बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो सोमबार ५ अर्ब ४९ करोडको शेयर किनबेच भएको बजारमा आज ३ सय ११ कम्पनीको ७४ हजार ८ सय ७७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।
आज २०३ कम्पनीको मूल्य बढेको छ भने ४१ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा ३६ करोड ३० लाख रुपैयाँ, माउन्टेन इनर्जीको २३ करोडभन्दा बढी तथा ग्लोबल आइएमई लघुवित्त र जानकी फाइनान्सको कारोबार रकम १० करोड बढीको शेयर किनबेच भएको छ।
आज ५ कम्पनीको शेयर सर्किट लागेको छ जसमा बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर रहेका छन् सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।
।



