२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

images

  • २०८१ जेठ ३०, बुधबार
  • 421
    SHARES
  • पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

    दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ । कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरेको छ । 

    प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा ‘आज सेवा नलिए भोलि पाइँदैन’ भन्ने धारणा नराखी समन्वय गरिदिन आग्रह गरिएको छ । 

    आगामी साउनभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ । 

    जिल्ला प्रशासन कार्यालयमा साबिकमा दुई केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुँदै आएकामा हाल तीनवटा सङ्कलन केन्द्र थप गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा हाल चारवटा सङ्कलन केन्द्र रहेका भन्दै देवघाट गाउँपालिकामा एउटा केन्द्र थपिएको उहाँले बताउनुभयो ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको अवस्थामा प्रशासन कार्यालयमा विवरण सङ्कलनका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भीड लाग्ने गर्दछ । 

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवरण सङ्कलनको कार्यलाई सहज बनाउन पालिकागत रुपामा बार निर्धारण गर्ने विषयमा छलफल गरिएको बताउनुभयो । प्रशासन कार्यालयले निर्धारित समयभित्र सबैलाई परिचयपत्र नम्बर उपलब्ध गराउने भन्दै यसका लागि नागरिकले पनि आवश्यक समन्वय गरिदिनुपर्ने उहाँले बताउनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ