२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंक र पशुपति रिक्रेसनबीच छुट सम्झौता

images

  • २०८१ असार ५, बुधबार
  • 731
    SHARES
  • कुमारी बैंक र पशुपति रिक्रेसनबीच छुट सम्झौता

    काठमाडौँ : कुमारी बैंक र पशुपति रिक्रेसन प्रा.लि.बीच सम्झौता भएको छ । काठमाडौंको धुम्बराहीमा रहेको पशुपति रिक्रेसनमा कुमारी बैंकका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेमकार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हो ।

    यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले ओओपीएसमा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको जानकारी दिइएको छ ।

    कुमारी बैंकले देशभर रहेका ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ