२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१० अङ्कको गिरावटपछि २०६८ को बिन्दुमा नेप्से, ३ अर्ब ८७ करोडको कारोबार

images

  • २०८१ असार ६, बिहीबार
  • 1.0K
    SHARES
  • १० अङ्कको गिरावटपछि २०६८ को बिन्दुमा नेप्से, ३ अर्ब ८७ करोडको कारोबार

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.४४ अंक घटेर २०६८.३१ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.६९ अंक, फ्लोट इण्डेक्स ०.७३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।

    आज ५२ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ। आज माउन्टेन इनर्जी शीर्ष स्थानमा १७ करोड १४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १५ करोड ७४ लाख रुपैयाँ तथा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १० करोडको शेयर किनबेच भएको छ।

    नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। हिजो ३ अर्ब ४० करोडको शेयर किनबेच भएको बजारमा आज ३०६ कम्पनीको ५३ हजार १७ पटकको कारोबारमा ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ।

    आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस्तै, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशत बढेको छ तथा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ।

    आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक ७.७१ प्रतिशत, बाराही हाइड्रोपावरको शेयर साढे ६ प्रतिशत तथा सनराइज ब्लु चिप फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सर्वाधिक ९.२८ प्रतिशत घटेको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ