काठमाडौँ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु २ हजार ७ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु १ लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो । आजका लागि रु १ लाख ४२ हजार निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु १ लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु १ लाख ४१ हजार ३ सय निर्धारण भएको छ।
चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु १ हजार ८ सय १५ निर्धारण भएको छ ।



