चिति : अविरल वर्षापछि पहिरोमा लम्जुङ्गमा एक युवकको मृत्यु तथा एक युवक घाइते भएका छन्।
लमजुङको बेसीशहर नगरपालिका–११ चिति स्याउतमा गए राति आएको पहिरोले कोठामा सुतिरहेका दुईजना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घाइते दुवैलाई उपचारका लागि बेसीशहरस्थित लमजुङ अस्पतालमा ल्याईएकोमा १७ बर्षीय बिकल सुनारको मृत्यु भएको हो । घाईते १८ बर्षीय मिलन सुनारको अस्पतालमै उपचार भैरहेको प्रहरीले जानकारी दिनुभयो । अन्य विवरण भने खुल्न बाँकी छ ।



