२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंक र क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

images

  • २०८१ असार १३, बिहीबार
  • 416
    SHARES
  • प्रभु बैंक र क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

    काठमाडौँ : आफ्ना कर्मचारीहरूलाई लक्षित गर्दै प्रभु बैंकले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग छुट सम्झौता गरेको छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।

    सम्झौतामा प्रभु बैंकका तर्फबाट वाग्मतीका प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरूले परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले दिने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    त्यस्तै, उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी पनि गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

    हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ