२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने

images

  • २०८१ असार १८, मंगलबार
  • 471
    SHARES
  • प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने

    काठमाडौँ : प्रभु बैंकका ग्राहकले ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् । होटलले दिने विभिन्न सेवामा विशेष छुट दिने विषयमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे । सम्झौता अनुसार होटलबाट छुट प्राप्त गर्नका लागि ग्राहक एवम् कर्मचारीले प्रभु बैंकमा आवद्धता भएको प्रमाण पेस गर्नुपर्ने छ ।

    त्यसैगरी ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत् करिब ३१ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ