२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

images

  • २०८१ असार १८, मंगलबार
  • 436
    SHARES
  • जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

    काठमाडौँ : सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार २ सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।

    नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यस्तै, दोस्रोमा अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

    बङ्गलादेशबाट ३ हजार ८ सय ५७, बेलायतबाट १ हजार ९ सय ६९, अष्ट्रेलियाबाट १ हजार ५ सय ८९, भुटानबाट १ हजार ६६, मलेसियाबाट १ हजार १४, जापानबाट ९ सय ५३ र दक्षिण कोरियाबाट ८ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

    कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ