काठमाडौँ : आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज बिहीबार १ हजार ८ सय रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो।
आज बिहीबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबर भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार चाँदीको मूल्य रु १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।



