काठमाडौँ : सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको माइक्रो बस गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा दुर्घटना भएको प्रहरीले जानकारी दिनुभयो।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जानकारी दिनुभयो भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
दुर्घटना स्थलबाट ११ जनालाई उद्धार गरी उपचारको लागि खुर्कोटस्थित शुभ जीवन अस्पालमा पठाइएको प्रहरीले जानकारी दिनुभयो।



