२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४०औं वार्षिकोत्सवको अवसरमा नबिलको अफरै अफर : ‘द नबिल ढुक्क घर कर्जा’ सार्वजनिक

images

  • २०८१ असार २९, शनिबार
  • 461
    SHARES
  • ४०औं वार्षिकोत्सवको अवसरमा नबिलको अफरै अफर : ‘द नबिल ढुक्क घर कर्जा’ सार्वजनिक

    काठमाडौँ : नबिल बैंक ४१औं वर्षमा प्रवेश गरेको छ । ४०औं वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न योजना सार्वजनिक गरेको छ । बैंकले नबिल ढुक्क घर कर्जा योजना ल्याएको छ । यस योजनामा सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्षे अवधिको कर्जाको ब्याजदर ९.४ प्रतिशत निर्धारण गरिएको छ ।

    यो योजना शुक्रबारदेखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । यस्तै नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको छ । शुक्रबारदेखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटीएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको बैंकले जनाएको छ ।

    बैंकले साना तथा मझौला उद्यममा १ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ । कृषि तथा उत्पादनमूलक उद्योगमा ५ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने बैंकले जनाएको छ ।

    ४०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङका योजनामार्फत् कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक–आर्थिक विकास प्रवर्धन गर्ने परियोजना अघि बढाउने बताए । उनले बैंकले नवप्रवर्तन र प्रविधिमार्फत् सरल सेवामा विशेष ध्यान दिएको बताउनुभयो।

    नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ, एटीएम, मोबाइल बैंकिङ, मास्टर कार्ड, डेबिट कार्ड, कन्ट्याक्टलेस पेमेन्ट कार्ड र नियो बैंकिङ सेवा सुरु गरेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ